गुर्भाकोटमा सशस्त्रको तालिम केन्द्र निर्माणका लागि जग्गा निरीक्षण


नेपालगन्ज १४ भदौ :  गुर्भाकोट नगरपालिका वडा नम्बर १० र ११ को भालेदमार भन्ने ठाउँमा सशस्त्र प्रहरीको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र निर्माणका लागि जग्गाको अवलोकन गरिएको छ ।

आईतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश सांसद ठम्मर विष्ट र सशस्त्रका डिआईजी हरिशचन्द्र अधिकारीले गुर्भाकोटमा स्थलगत अनुगमन एवं निरीक्षण गरेका हुन ।

प्रदेश सांसद विष्टले चालु आर्थिक वर्षदेखि तालिम केन्द्र निर्माणको प्रक्रिया शुरु गर्ने गरी जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ ।

सोही प्रक्रिया अन्र्तगत जग्गा अवलोकन गरिएको बताउँदै सोही क्षेत्रका सांसद विष्टले भने,–‘प्राविधिकहरुले जग्गाको अध्ययन गरिरहेका
छन् । यद्यपी यही ठाउँमा तालिम केन्द्र निर्र्माण गर्ने निष्कर्षमा सबै पुगेका छौं ।’


तालिम केन्द्र निर्माण भए गुर्भाकोटको सबैभन्दा ठूलो मध्येको सरकारी कार्यालय रहने छ ।

बिरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोटमा विकास पूर्वाधारका गतिविधि बढ्दै गएका छन् ।

पूर्वाधार विकासकै क्रममा तालिम केन्द्र निर्माणले उत्साह थपेको छ ।

 

प्रकाशित मितिः     4:06:39 PM  |