किन किन्ने हुन्डाई ग्राण्ड आई १०, यस्ता छन् सफलताका कारण


ह्याचव्याक कार किन्नेले सबैभन्दा पहिला नाम लिने मोडल हो हुन्डाई ग्राण्ड आई १० । लक्ष्मी इन्टरकन्टिनेटल्स प्रालिले नेपालमा आयत र बिक्री वितरण गर्दै आएको ग्राण्ड आई १० निकै सफल मोडल मानिन्छ ।

कुनैपनि कार ग्राहकको रोजाईमा पर्नुका मुख्य कारण कारको लुक्स, डिजाइन, सुरक्षा फिचर, आरामदायी र आधुनिक फिचरले भरिएको हुनु पर्छ । माथि उल्लेखित धेरै कुरासँग मेल खाने भएकोले नै ग्राण्ड आई १० नेपालमा सफल भएको हो ।

उसोत केही वर्ष चढेपछि त्यसलाई बजारमा बिक्री गर्ने सोच पहिल्यै ग्राहकले बनाउने हुँदा रिकन्डिसन मार्केटमा कति मूल्य पाइन्छ भन्ने धेरैले सोचेका हुन् छन् । पछि बिक्री गर्दा राम्रो रिसेल मूल्य पाइने भएकाले पनि धेरैले ग्राण्ड आई १० खोज्ने गरेका छन् ।

यस्तोमा हामीले हुन्डाई आई १० ग्राहकको रोजाइमा पर्नुका मुख्य कारणहरु यहाँ प्रस्तुत गरेका छौं ।

आकर्षक बनावट

झट्ट हेर्दा आखाँमा बस्न सक्ने डिजाइन ग्राण्ड आई १० को छ । डिजाइनका हिसावले सबै उमेर समूहको मानिसलाई सुहाउदो देखिन्छ । रेडिएटर ग्रिल, विभिन्न बाहिरी भागमा प्रयोग गरिएको क्रोम फिनिसिङ, बम्पर, डोर ह्याण्डल र रियर भ्यू मिरर जस्ता पार्टसहरु बडी कलरमा उपलब्ध रहेको छ । स्पोटर्स डिजाइनकै कारण पनि यसलाई धेरैले मन पराएका छन् । समग्रमा ग्राण्ड आई १० आकर्षक डिजाइन सहित निर्माण भएको कार हो ।

आरामदायी र आकर्षक भित्री बनावट

ग्राण्ड आई १० को सबैभन्दा बलियो पक्ष भनेकै आरामदायी फिचर र हेर्दा आकर्षक भित्री सजावट हो । यसको ड्यासबोर्डमा प्रयोग गरिएको दुई कलरले निकै आकर्षक देखाएको छ । यसमा रहेको इस्ट्रुमेन्ट क्लष्टर पनि निकै आकर्षक रहेकोे छ ।

फराकिलो क्याविनको कारण यसमा यात्रा गर्ने मानिसलाई निकै सहज हुन्छ । लामो यात्रामा समेत सहजै लिएर निस्कन मिल्ने भएकाले धेरै मानिसले यसलाई मन पराएका छन् । पछाडि सिटमा बसेर यात्रा गर्नेले पनि उत्कृष्ट लेग रुम र नि रुम पाउने छन् ।

उत्कृष्ट पावर

ग्राण्ड आई १० मा हुन्डाईको चर्चित १।२ लिटर कपा ड्यूल भिटीभिटी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर र ४००० आरपीएममा ११४ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

आकर्षक ह्वील


कम्पनीले यसको टप भेरियन्टमा दिएको १४ इन्च अलोय ह्वील निकै आकर्षक रहेको छ । रेडियल टायर प्रयोग गरिएकाले यसको ग्रिप उत्कृष्ट रहेको छ ।

चलाउन सजिलो

यसको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । एबीएस, इबीडी जस्ता सुरक्षा फिचर रहेको ग्राण्ड आई १०मा अगाडि एमसीपर्सन स्टक्चर टाइप उत्कृष्ट सस्पेन्स पाउन सकिन्छ ।

पछाडि ट्वीस्ट बीम सस्पेन्स दिइएको छ । कारलाई चलाउन पनि निकै सहज रहेको छ । १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा यो कार चलाउदा पनि चालकले थ्रिल महसुस गर्दैन ।

मूल्य

ग्राण्ड आई १० को दुई भेरियन्ट नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले बिक्री गर्दै आएको ग्राण्ड आई १० मग्नाको मूल्य सन् २०१९ मोडलको २९ लाख ५६ हजार र २०२० मोडलको मूल्य ३० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै स्पोटर्ज भेरियन्टको २०१९ मोडलको मूल्य ३१ लाख ९६ हजार रुपैयाँ रहेको छ भने सन् २०२० मोडलको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

अफर

कम्पनीले लकडाउनपछि ल्याएको अफरमा ग्राण्ड आई १० किन्ने हो भने १ लाख २० हजार नगद छुट पाइन्छ । कम्पनीले एक वर्षसम्म मासिक किस्ताको ५० प्रतिशत रकम आफैँले भुक्तानी गरिदिने जनाएको छ ।

कम्पनीले ल्याएको स्कीममा ग्राण्ड आई १० किन्न चाहने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउनु पर्ने छ भने बाँकी रकम कर्जा लिनु पर्ने छ ।

अहिले बैंकहरुले गाडी किन्नेलाई १० प्रतिशतभन्दा कम व्याजदरमा नै कर्जा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मितिः     7:08:40 PM  |