पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख अख्तियारको नियन्त्रणमा


बुटवल १४ भदौ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुखलाई नियन्त्रणमा लिएको छ।

प्रदेश ५ अन्तर्गत रहेको उक्त कार्यालयका प्रमुख मनिष अर्याललाई बुटवलस्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयकै गेटबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म भुसालले अर्याललाई विभिन्न आयोजनाका निर्माण व्यवसायीबाट घुस लिएको रकमसहित पक्राउ गरिएको जानकारी दिए।


अख्तियारको टोलीले अर्यालको ६६-१-०७६१ नम्बरको गाडीबाट नगद ५ लाख ३० हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको प्रमुख भुसालले जानकारी दिए।

प्रकाशित मितिः     7:13:44 PM  |