गुर्भाकोटमा ८ जनामा कोरोना संक्रमण, बोटेचौरमा २ र खानेपानीका कामदार ६ जना


नेपालगन्ज १४ भदौ :  सुर्खेतको गुर्भाकोट नगरपालिकामा आईतवार ८ जना कोरोना संक्रमित फेला परेका छन् ।

वडा नं. ९ बोटेचौरका दुई र मेहलकुना नजिक पर्ने सुन्दरखालीस्थित एउटा खानेपानी आयोजनाका ६ जना कामदारमा कोरोना पुष्टि भएको गुर्भाकोटका मेयर हस्तबहादुर पुनले जानकारी दिए ।

शुक्रवार बोटेचौरबाट ९८ र मेहलकुनाबाट १ सय जनाको स्वाब परीक्षण गरिएको थियो । सामुदायस्तरमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएपछि समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको मेयर पुनले बताए ।

यद्यपी भोलि कन्ट्रयाक्ट टे«सिङ्ग गरिने भएकाले त्यसबाट आउने नतिजाका आधारमा कोरोना समुदायमा फैलियो की फैलिएन भन्ने पत्ता लाग्ने मेयर पुनले जानकारी दिए । ‘ भोलि कन्ट्रयाक्ट टे«सिङ्ग शुरु हुन्छ । त्यस पछि थप रणनीति बनाउँछौ ।’– मेयर पुनले भने ।

खानेपानी आयोजनामा कार्यरत कामदार बाहिरबाट आएको थिए । तर उनीहरुको आएको पनि धेरै भएको बताइएको छ ।संक्रमितलाई मेहलकुनास्थित सिटी हलको आइसोलेसनमा व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख किरण ओलीले जानकारी दिए ।

बोटेचौरमा संक्रमित देखिएपछि थप सतर्कताका लागि भोलिदेखि बजार बन्द गर्ने निर्णय भएको वडा अध्यक्ष शशि भट्राईले जानकारी दिए ।

 

 

प्रकाशित मितिः     १४ भाद्र २०७७, आईतवार २१:०८  |