‘नआत्तिऔं तर सजग बनौं, अब कन्ट्याक्ट टे«सिङ्ग गर्छौ’–गुर्भाकोटका मेयरको अपिल


नेपालगन्ज १४ भदौ :  गुर्भाकोटका मेयर हस्तबहादुर पुनले समुदायस्तरमा कोरोना संक्रमण देखिएकाले सजग र सचेत रहन नगरवासीमा अनुरोध गरेका छन् ।

संकटको सामना सामुहिक भावना र एकताले मात्र सम्भवत रहेको बताउँदै मेयर पुनले भने,–‘सबै सजग र सचेत बनौं तर नआत्तियौं ।’

गुर्भाकोट नगरपालिकामा आईतवार मात्र ८ जनामा कोरोना संक्रमित फेला परेका थिए । वडा नं. ९ बोटेचौरका दुई र मेहलकुना नजिक पर्ने सुन्दरखालीस्थित एउटा खानेपानी आयोजनाका ६ जना कामदारमा कोरोना पुष्टि भएको थियो ।

गुर्भाकोटमा ८ जनामा कोरोना संक्रमण, बोटेचौरमा २ र खानेपानीका कामदार ६ जना


शुक्रवार बोटेचौरबाट ९८ र मेहलकुनाबाट १ सय जनाको स्वाब परीक्षण गरिएको थियो । सामुदायस्तरमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएपछि समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको मेयर पुनले बताए ।

यद्यपी मेयर पुनले भोलि कन्ट्रयाक्ट टे«सिङ्ग गरिने भएकाले त्यसबाट आउने नतिजाका आधारमा कोरोना समुदायमा फैलियो की फैलिएन भन्ने पत्ता लाग्ने जानकारी दिएका छन् ।

‘ अब कन्ट्रयाक्ट टे«सिङ्ग शुरु हुन्छ । त्यस पछि थप रणनीति बनाउँछौ ।’– मेयर पुनले भने–‘हामीले गर्नुपर्ने काममा कुनै कसर बाँकी राख्दैनौ । त्यसैले नआत्तिएर होसियारपूर्वक सबै मिलेर काम गरौं ।’

 

प्रकाशित मितिः     9:30:36 PM  |