बाँकेमा ब्यूटिपार्लर सन्चालन गर्न दिन माग, ब्यूटिसियनको कोरोना परिक्षण हुँदै


नेपालगन्ज १५ भदौ :  सौन्र्दय कला व्यवसायी संघ बाँकेले स्वास्थ्य प्रोटोकल पालना गरेर ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरेको छ । लामो समयदेखि पार्लर सन्चान हुन नपाउँदा सचालक महिलाहरुलाई समस्या भइरहेको छ ।

तीन सय बढि व्यूटिपार्लरमा पाँच सय बढिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए ।

अप्रत्यक्षरुपमा यो संख्या धेरै छ । लामो समयदेखि ब्यूटिपार्लरमा ताला लाग्दा धेरै जना बेरोजगार बनेका छन् । त्यसैलाई मध्यनजर गर्दै सौन्र्दकला व्यवसायी संघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा बाँकेका प्र्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंलाई भेटेको अध्यक्ष दुर्गा अधिकारीले बताइन ।

उनका अनुसार स्वास्थ्य प्रोटोकलको पूर्णरुपमा पालना गरी ब्यूटिपार्लर सन्चालन गर्न दिन माग गरिएको छ । प्रमुख जिल्ला अधिकारीले यस विषयमा माथिल्लो निकायसंग समन्वय गरिने आवश्यक निर्णय गर्ने जनाएका छन् ।

यसैबीच ब्यूटिसियनहरुको कोरोना परीक्षण हुने भएको छ । सोमवार दिउँसो ३ बजे नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट स्वाब परीक्षण गरिने सौन्र्दय कला व्यवसायी संघ बाँकेका अध्यक्ष अधिकारीले बताइन ।

उनका अनुसार उच्च जोखिममा रहेका ब्यूटिसियन महिलाको स्वाब कोरोना परीक्षण गर्नृ लागिएको बताइन ।

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार ०९:५९  |