डा. नितेश कनौडिया कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेमा सदस्य मनोनित


नेपालगन्ज १५ भदौ :  नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडिया जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सदस्य मनोनित भएका छन् ।

कनौडियालाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले सदस्यमा मनोनित गरेका हुन । प्रमुख जिल्ला अधिकारीले कनौडियाबाट कोरोना संकट व्यवस्थापनमा साथ र सहयोगको अपेक्षा गरेका छन् ।


मनोनयन पछि डा. कनौडियाले हार्दिक आभार व्यक्त गर्दै निरन्तर साथ र सहयोगको प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः     8:35:30 PM  |