सामुदायिक क्याम्पसहरुमा प्राविधिक शिक्षातर्फ प्रदेश ५ को जोड


नेपालगन्ज १६ भदौ :  प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसहरुमा प्राविधिक धारका कार्यक्रम संचालनमा जोड दिइरहेको बताएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र प्रदेश भित्रै उच्चशिक्षा प्राप्त गर्ने अवसर दिनका लागि यस्तो प्रयास गरेको बताए ।

शिक्षा पत्रकार समुहको प्रदेश ५ समन्वय समितिले आयोजनासोमबार गरेको प्रदेश ५ मा सामुदायिक क्याम्पसको अवस्था ःप्रदेश सरकारको भूमिक ाबिषयक भर्चुअल सम्बादमा बोल्दै मन्त्री बरालले कुनै पनि सामुदायिक क्याम्पसले इन्जिनियरिङ र विज्ञान संकायको कार्यक्रम संचालनगर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने बताए ।

गतबर्ष स्नातकोत्तर तहको विज्ञान संकायको कार्यक्रम संचालन गर्ने प्रयास गरेपनि त्रिभुवन विश्वविद्यालयले स्वीकृती नदिंदा उक्त कार्यक्रम संचालनग र्न नसकिएको उनले बताए ।

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा एमएस्सी कक्षा चलाउनका लागि प्रदेश सरकारले आर्थिक व्यवस्थापन गर्न खोज्दा पनि नसकिएको भन्दै उनले यो बर्ष पनि प्राविधिक बिषयतर्फ कार्यक्रम संचालन गर्न जोड दिइने बताए ।

सामुदायिक क्याम्पसहरुका समस्या प्रदेश विश्वविद्यालय संचालनमा आएपछि केही रुपमा सम्बोधन हुने मन्त्री बरालले बताए । प्रदेश विश्वविद्यालय सम्बन्धि बिधेयक संसदमा पुगिसकेको जानकारी गराउँदै उनले उक्त कानूनमा मानित विश्वविद्यालयको व्यवस्था समेत रहेको बताउनुभयो ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालयको रुपमा रुपान्तरित हुन प्रक्रिया शुरु गरिसकेको र त्यसकाला गिप्रदेश सरकारले आर्थिक र कानूनी रुपमा सहयोग गर्ने मन्त्री बराले जानकारी दिए । कोभिड १९ को संक्रमणको प्रभाव सामुदायिक क्याम्पसहरुमा समेत परेको उल्लेख गर्दै मन्त्री बरालले कोभिडको प्रभावलाई मध्यनजर गर्दै तत्कालकाल ागि संचालनखर्च दिने गरी मन्त्रालयले कार्यक्रमको प्रस्ताव अगाडी बढाएको बताए ।


पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल पाण्डेले समस्याहरुका बीच सामुदायिक क्याम्पसहरु संचालन भइरहेको बताए । उन ले स्थानीयतह र संघीय सरकारबाट वेवास्ता हुंदा सामुदायिकक्याम्पसको समस्या समाधान हुननसकेको बताए ।
सामुदायिक क्याम्पसहरुको सम्बोधनका लागि छुट्टै पब्लिकविश्वविद्यालय स्थापनागर्न सकिने अध्यक्ष पाण्डेको भनाई छ ।

प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाएको अवस्थामा त्यसमा सामुदायिक क्याम्पसलाई समेट्नुपर्ने उनको भनाई थिए ।

नेपाल पब्लिक क्याम्पस संघ प्रदेश ५ का संयोजक मित्रलाल न्यौपानेले सामुदायिक क्याम्पसहरुमा ३७ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको र ४० प्रतिशत नतिजा दिन सकेको बताए ।

उनले प्रदेश ५ सरकारले सामुदायिक क्याम्पसको भौतिक सुधारका लागि केही सहयोग गरेकोमा धन्यवाददिदै संचालन खर्चमा पनि सहयोग गर्न जरुरी भएको बताए । सरकारले पनि सहयोग नगर्ने र व्यवसायिक पनि हुन नपाउने कारण सामुदायिक क्याम्पसहरु अगाडी आउन नसकेको उनको भनाई थियो ।

प्रदेश ५ मा एक सय भन्दा बढि सामदायिकक्याम्पसहरु संचालनमा छन् । कार्यक्रममा विभिन्न जिल्लाका क्याम्पस प्रमुख, क्याम्पस संचालक, अध्यापक, पत्रकारहरु गरी ४५ जनाभन्दा बढिको सहभागीता थियो । लकडाउन सुरु भएयताशिक्षापत्रकार समुहले सुरु गरेको शिक्षाबार सम्बाद सृंखलाको यो २५ औं अंकहो ।

 

प्रकाशित मितिः     8:53:23 PM  |