स्थगित सवारीको लिलामीका लागि पुन बोलपत्र आह्वान, भदौ २४ गतेसम्मको म्याद


नेपालगन्ज १५ भदौ :  निषेधाज्ञाका कारण स्थगित सवारी लिलामीको प्रक्रियालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सुचारु गरेको छ ।

बाँकेमा कोरोना संक्रमण बढेपछि सवारी साधन लिलाम सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको थियो । तर सोमवार पुन बोलपत्र आह्वान गरिएको छ । नयाँ सूचना अनुसार थप बोलपत्रका लागि २४ गतेसम्मको म्याद थपिएको छ ।

१२ वटा रोयल इनफिल्ड सहित ३७ वटा बिभिन्न ब्राण्डका मोटरसाईकल लिलामीमा राखिएको छ ।

त्यस्तै दर्ता गर्न नमिल्ने पत्रुका रुपमा अन्य सवारीसाधन लिलामीमा चढाईको छ ।
हेर्नुहोस् सूचना-

प्रकाशित मितिः     १५ भाद्र २०७७, सोमबार २१:४९  |