नेपालगन्ज १६ भदौ : बाँकेमा मंगलबार बिभिन्न पेशामा आवद्ध भएर कोरोना बिरुद्धको अभियान अन्तर्गत फ्रन्टलाईनमा रहेर काम गर्दै आएका २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा प्रहरी, पत्रकार, बैकर्स र स्वास्थ्यकर्मीसहित बाँकेका २४ जना संक्रमण देखिएको हो । यसका साथै बर्दियाका ४ र दांगका ५ जनामा समेत संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । संक्रमित हुने पत्रकारमा दामोदर भण्डारी रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेमा २४ संक्रमितमध्ये पुरुष १५ महिला ९ जना छन् । बाँकेका प्रहरी, सञ्चारकर्मी, बैर्कस र कर्मचारीका साथै भेरी अस्पतालका एकजना बिशेषज्ञ सहित ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि भाइरस पुष्टि भएको छ । त्यसैगरी नविल बैंक र माछापुच्छ्रे बैंकका एकएक जना कर्मचारी र आन्तरिक राजश्व कार्यालयका थप एकजना कर्मचारीमा पनि भाइरस देखिएको छ ।