‘विकासका मुद्दामा सहकार्य हुन्छ’


कार्यक्रम हलभित्र संगै जादै सांसद राई र मेयर राणा ।

नेपालगन्ज १६ भदौ :  नेपालगन्जका संघीय सांसद एवं पूर्वमन्त्री ईस्तियाक राई र मेयर धवल शम्सेर राणाले विकासका मुद्दामा आफुहरु एकमत रहेको बताएका छन् ।

दुबै जनाबीच केही दिनयता चल्दै आएको सार्वजनिक टिकाटिप्पणीलाई मत्थर पार्दै सांसद र मेयरले विकासका नाममा हुने राजनीति अस्विकार गरिने जनाए ।

नागरिक सरोकार समितिले जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा मंगलवार सिद्धार्थ कटेजमा अन्तरक्रिया गरेको थियो । सांसद राई र मेयर राणा अन्तरक्रियाका लागि संगै हलमा प्रवेश गरे । हलमा प्रवेश गर्दैगर्दा बाहिर उपस्थित भएकाले ‘लौ माननीय र मेयर ज्यूलाई संगै देख्न पाइयो’ भनेपछि दुबैजनाले ‘अनि के हामी संधै झगडा गरेर बस्नु त ?’ जवाफ फर्काए ।

संघीय सांसद राईले साझेदारी विकास कार्यक्रमको डेढ करोड भेरी अस्पताललाई दिने निर्णय गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका मार्फत कार्यान्वयन हुने गरी निर्णय गरिएको बजेट पछि भने फ्रिज भयो ।

यस विषयमा दुबै जनाबीच आरोपप्रत्यारोप चmेको थियो । सांसद र मेयरबीचको विवादले नेपालगन्जलाई राम्रो नगर्ने भन्दै सामाजिक सन्जालमा असन्तुष्टि पोखिएको थियो भने विकासका मुद्दामा एक हुन आग्रह गरेका थिए । मंगलवार दुबै जनाले धेरैको अपेक्षा अनुसार एकअर्का बिरुद्ध आरोपप्रत्यारोप गरेनन् ।

 

प्रकाशित मितिः     १६ भाद्र २०७७, मंगलवार २२:०१  |