औषधि, सर्जिकल पसलहरुको अनुगमन


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बाँकेबाट आज नेपालगंजका विभिन्न औषधि, सर्जिकल एवं मासु पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीको मुल्य सुची आम उपभोक्ताले सजिलै देख्न सक्ने गरि टाँस्न लगाइएको र मूल्यमा समेत एकरुपता कायम गरि उपभोक्ता हितलाइ मध्यनजर गरि न्युनतम मूल्यमा बेचबिखन गर्न व्यवसायीहरुलाई निर्देशन दिईएको छ ।

व्यवासायीहरुले पनि सोही अनुरुप मुल्य समायोजन गरि मुल्य सुची समेत टाँस गरेका छ्न् ।
आज भएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल र सोही कार्यालयका सूचना अधिकारी समेत रहनु भएका नायब सुब्बा देवीलाल चौलागाईं , जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका हिक्मत थापा, उपभोक्ता संरक्षण मन्चका प्रभात सिंह ठकुरी, नेपालगन्ज उद्योग वाणिज्य संघका भिम बहादुर रानाभाट लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः     १८ भाद्र २०७७, बिहीबार २०:३९  |