निजामती कर्मचारी युनियन (संघ)को स्थापना दिवसमा स्वास्थ्य सामाग्री वितरण


नेपालगन्ज :  शुक्रवार नेपाल निजामती कर्मचारी युनियन (संघ)को स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

होटेल ह्वाइट हाउस क्वारेन्टाइन स्थलमा स्वास्थ्यकर्मीहरुको लागी मास्क र सेनिटाइजर सहयोग गरिएको हो । सहयोगका लागि क्वारेन्टाइन इन्चार्ज तेज ओलीले युनियनकर्मी राष्ट्रसेवकलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार ०९:०२  |