परिवार सहित कोरोना जितेका रमेश सिटौला भन्छन् –‘सजिलो नठानौ, भएपछि कष्ट हुन्छ’


नेपालगन्ज २० भदौ :  बागेश्वरी असल शासन क्लवका अध्यक्ष रमेश सिटौला सहित परिवारका तीन जना सदस्यले कोरोना जितेका छन् । खजुरास्थित क्यान्सर अस्पतालमा १४ दिनको बसाई पछि शुक्रवार घर फर्किएका छन् ।

स्वास्थ्यकर्मी समेत रहेकी पत्नि सहित छोरालाई संक्रमण भएको थियो ।

सिटौला नेपालगन्जस्थित एचसिआरसी हस्पिटलका व्यवस्थापक हुन । घर फर्किएपछि सिटौलाले भने,–‘ आज १४ दिन पछि अस्पतालको आइसोलेसनमा बसि घर फर्कने मौका पाएको छौ ।


चिकित्सकको सल्लाह अनुसार अब १४ दिन घरकै आइसोलेसनमा रहनेछौ । आर्शिवाद सहित चिन्ता लिनुहुने सबैमा धन्यवाद । लापरबाही नगरौ सोचे जस्तो छैन कोरोना । मुस्किल र कष्टपुर्ण हुनेरहेछ ।’

 

प्रकाशित मितिः     12:51:09 PM  |