बाँके र बर्दियामा व्यवसायीकरुपमा अंगुर फलाउने कहिले ?


नेपालगन्ज २० भदौ :  बाँके र बर्दियामा अंगुर उत्पादनको सम्भावना छ । तर उत्पादनमा न निजीक्षेत्रको चासो छ नत सरकारी निकायकै । अंगुर दुबै जिल्लाको पकेट क्षेत्र बन्न सक्ने बताउँछन्, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल । तर व्यवसायी खेति हुन नसकेको उनले बताए ।

बाँके, बर्दिया अंगुरका लागि अनुकल ठाउँ हो । धान उत्पादनको मुख्य क्षेत्र बाँके र बर्दिया भएपनि कृषि अनुसन्धानकर्ताहरुले अंगुर र डिउरन गहुँका लागि हावापानी उपयुक्त रहेको पुष्टि गरेको उहिल्यै हो ।

अंगुर उत्पादन गरी बजारीकरण गर्न र उपभोक्तासम्म सहज ढंगले पुर्याउन सकिने प्रशस्तै सम्भावना छ । तर व्यवसायिक रुपमा अंगुर खेतीलाई विस्तार गरी किसानहरुको आम्दानीमा बृद्धि गर्न नसकेको कृषि ढकालले बताए ।

पछिल्लो समय डिउरन गहुँ उक्त दुई जिल्लाका किसानहरुले थोरै मात्रामा भएपनि लगाउन शुरु गरेका छन् । उक्त बालीबाट चाउचाउ, चाउमिनजस्ता खाद्य परिकार बनाउन निकै उपयोगी र स्वादिलो भएकाले त्यस खेतीलाई उत्पादनमा प्रोत्साहन गरिएको प्रमुख ढकालको भनाई छ ।

बाँके र बर्दिया भारतसँग सिमाना जोडिएकाले पनि त्यस क्षेत्रमा भारतीय अंगुर आयत भैरहेको छ । आयतित खाद्यबस्तुमा निर्भर रहेका २ जिल्लाका स्थानीयलाई उत्पादनमा जोड दिदै व्यवसायिक खेतीमा लाग्न विज्ञहरुले सुझाएका छन ।

तर सोही जिल्लाहरुमा विभिन्न किसिमका ठुला उद्योगहरु सञ्चालन भएपनि कृषिजन्य उत्पादनमा सरकारले गतिलो पहल नगरेको कृषि क्षेत्रका जानकारहरुले बताएका छन ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार ११:०३  |