सबैभन्दा व्यस्त हुने राष्ट्रिय वाणिज्य बैंक धम्वोझी शाखाका पाँच जना कर्मचारीलाई कोरोना


फाईल तस्विर

नेपालगन्ज २० भदौ :  नेपालगन्जको सबैभन्दा व्यस्त रहने राष्ट्रिय वाणिज्य बैंकको धम्वोझी शाखाका पाँच जना कर्मचारीलाई शुक्रवार कोरोना पोजिटिभ भएको छ ।

२५ जनामा स्वाब परीक्षण गर्दा फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई कोरोना देखिएको हो । पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायतको कारोवार हुने भएकाले धम्वोझी शाखा सबैभन्दा व्यस्त हुने शाखाका रुपमा चिनिन्छन् ।

कर्मचारी कोरोना देखिएपछि सेवा कसरी प्रदान गर्ने भन्ने विषयमा निर्णय लिइने बैंकका प्रदेश नं. ५ का प्रमुख आनन्द सुवेदीले बताए ।

प्रकाशित मितिः     १९ भाद्र २०७७, शुक्रबार १६:४०  |