नेकपा नेता रत्न खत्रीलाई कोरोना संक्रमण


नेपालगन्ज :  नेकपा बाँकेकायुवा नेता रत्न खत्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

युवा नेता खत्रिले आफ्नो फेसबुकमा कोरोना संक्रमण भएको संकेत गरेका छन । खत्रिले कोरोना संगको लुकामारीमा अहिले कोरोनाले जितेको उल्लेख गरेका छन ।

नेता खत्रिले आफ्नो आत्मविस्वासले कोरोनासंगको अन्तिम खेलमा आफुले जितेर पुन स् जनताको सेवामा खटिने बताएका छन ।


कोरोना विरुद्धको अभियानमा सक्रियतापुर्बक लाग्नुभएका नेकपाका नेता रत्न खत्री आफै संक्रमणमा पर्नुभएको हो । उहाँमा कोरोनाको लक्षण भने देखिएको छैन । खत्री नेकपाको नेता तथा ब्यक्तिगत रुपमा कोरोना नियन्त्रणको अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

पार्टीले उहाँलाई खजुरा गाउँपालिकाको फोकल पर्सन चयन गरेको छ । उहाँले कोरोना जसलाई पनि हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मितिः     5:47:46 PM  |