कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय बाणिज्य बैंक सुर्खेत सील


सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारी कोरोना संक्रमित भएपछि बैकिङ्ग कारोबार बन्द गरिएको छ ।

शाखाको नगद कारोबार फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै सेवा बन्द गरिएको हो । कर्मचारीमा कोरोना देखिएपछि एक सताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए ।

उनले कार्यालयलाई सेनिटाइज गरेर कोरोना संक्रमित कर्मचारीलाई आईसोलेशनमा बस्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार कोरोना संक्रमित कर्मचारीको १८ गते स्वाब लगिएकोमा शनिवार मात्रै रिपोर्ट पोजेटिभ आएको हो ।

अबको पाँच दिन भित्र सबै कर्मचारीको स्वाब परीक्षण गरेर रिपोर्ट आएपछि मात्र सेवा पुनः सुचारु गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः     २० भाद्र २०७७, शनिबार १५:४७  |