पहिलेकै उधारो नतिर्ने बहाना बन्यो लकडाउन, हुनेले समेत तिर्दैनन्


बाँके २२ भदौ :  कोरोना महामारी यताको होइन वर्षौ पुरानो उधारो समेत नतिर्ने बहाना बनेको छ लकडाउन । कोरोना महमारी रोक्न सरकारले चैत महिनादेखि लकडाउन लागु गरेको थियो ।

त्यसयताको कारोवारमा उधारो तिर्न नसक्नु त ठिकै होला तर वर्षौदेखिको उधारो समेत दिन आनाकानी हुन थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले त बरु नगदमै कारोवार भइरहेको छ । पहिलेको उधारो उाउन मुस्किल भयो । पैसा माग्दा लकडाउन छ भन्दै हिड्छन् ।’

वर्षौ पुरानो उधारो नतिर्नेका विषयमा रुकुम खलङ्गाका एकजना होटल व्यवसायीले सामाजिक सन्जालमा पोष्ट गरेको भेटियो मननयोग्य छ । होटल व्यवसायी चन्द्र बहादुर खड्काले मासु र भात खाएर मुन्टे बटार्नेदेखि वाक्क भएको बताएका छन्् ।

उनी भन्छन्–‘रातदिन नभनी दुःख गरेर होटल चलाए । त्यो सबै बिर्सिएर सात आठ वर्षसम्मको पनि उधारो नतिर्नेहरुले वाक्क बनाएका छन् । तिर भन्दा लकडाउन छ भन्दे भाग्छन् ।’ हेर्नुहोस् भिडियो,-

बाँकेमा पनि यस्तो समस्या नभएको होइन । लकडाउनको बहाना बनाएर उधारो तिर्न नचाहानेदेखि व्यवसायीहरु वाक्क छन् । उनीहरु भन्छन्–‘पहिलेदेखि उधारो तिर्न आनाकानी गर्नेका लागि लकडाउन त झनै राम्रो बहाना बन्यो । आम्दानी गुमेकाले त तिरेनन् भने चित्त बुझाईन्थ्यो यहाँ त हैसियत हुनेले समेत तिर्न आनाकानी गरिरहेका छन् ।’ आर्थिक हैसियत भएर पनि उधारो नतिर्ने माथि कानुनी कारवाही गर्ने व्यवसायीहरु चेतावनी दिन्छन् ।

 

 

प्रकाशित मितिः     २१ भाद्र २०७७, आईतवार ०७:३३  |