कोरोनाका कारण नेपालगन्ज उपमहारपालिकाका कर्मचारीको निधन


नेपालगन्ज । बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका -९ का ५९ पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको हो । उनी नेपालगन्ज उपमहानगरपालिकाको जिन्सी शाखामा कार्यरत थिए ।

गत भाद्र १३ गते स्वास्थ्यमा समस्या भएपछि कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ पेड आइसोलेसन होटल ईन्द्रेणी न्यूरोडमा बसेर उपचार गराईरहेका थिए ।

 

आईतबार मध्यान्ह स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । उपचारकै क्रममा राती ८: ३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बांकेका अधिकृत तथा कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आईतबार भएको मृत्युसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मितिः     २१ भाद्र २०७७, आईतवार २२:०१  |