बाँकेका सुरतकुमार बमलाई उत्कृष्ट निजामती पुरस्कार


नेपालगन्ज २२ भदौ :  बैजनाथ गाउँपालिका–४, बानियाभर बाँके निवासी सुरत कुमार बम १७ औं निजामती दिवशको अवसरमा उत्कृष्ट निजामती पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सिनियर डिभिजनल इन्जिनियर रहेका बम आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरमा कार्यरत छन् । सानैदेखि पढ्नमा अब्बल रहँदै आएका सुरतले आफ्नो पढाई बाँकेमै गरेका थिए ।

उनको परिवारका सबै सदस्य इन्जिनियर र प्राज्ञिक क्षेत्रमा सक्रिय छन् । आफुलाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरेकोमा धन्यवाद दिदै बमले काम गर्न झन् उर्जा थपेको बताएका छन् ।

 

प्रकाशित मितिः     २२ भाद्र २०७७, सोमबार १२:३४  |