नेपालगञ्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया


नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको आन्द्राको अल्सरको सफल शल्यक्रिया सम्पन्न भएको छ। सोमबार बिहान करिब १ घण्टा लगाएको उनको सफल शल्यक्रिया गरिएको कलेजले जानकारी दिएको छ।

जिल्ला दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३८ वर्षीय पुरुषको शल्यक्रिया सफल भएको अस्पतालले जानकारी दिएको छ।

वरिष्ठ चिकित्सकहरु डा. दिग्विजय खडका, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल वाल्मीकीलगायतको टिमले उनको शल्यक्रिया गरेको थियो।


प्रादेशिक अस्पताल सुर्खेतबाट रेफर भई उनी सोमबार नै कलेजमा आइपुगेका थिए। चिकित्सकहरूका अनुसार उनको आन्द्राको पहिलो भागमा अल्सर बिग्रेर फुटेको थियो। तत्काल अप्रसेन गर्नु पर्ने भएकाले बिहान नै उनको शल्यक्रिया गरिएको हो।

उनको हाल ब्लड प्रेसर तथा पल्स सामान्य अवस्था रहेको र भेन्टिलेटरमा राखी उपचार गरी राखिएको बताइएको छ।

प्रकाशित मितिः     5:49:18 PM  |