भेरीले माग्यो १२ जना डाक्टर, २१ स्टाफ नर्स सहित ६४ स्वास्थ्यकर्मी


नेपालगन्ज २४ भदौ :  भेरी अस्पताल नेपालगन्जले कोभिड बिशेष अस्पतालका लागि बुधवार दरखास्त आह्वान गरेको छ । एकहप्ताको म्याद सहितको दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरिएको हो ।

प्रदेश ५ सरकारले नेपालगन्जको भेरी अस्पताल सहित प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । भेरी अस्पताललाई रु १ करोड ४० लाख स्वीकृत दिएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो । भेरीका लागि १ सय ५२ जना दरबन्दी राख्ने निर्णय भएको छ । सोही अनुसरा नयाँ दरबन्दी खुलेको हो ।


प्रकाशित मितिः     9:19:17 AM  |