दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्ने जहाज खरीद गर्न निर्देशन


काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईले दुर्गम क्षेत्रमा आन्तरिक उडान गर्ने जहाज खरीद गर्न निर्देशन दिएका छन्। कोरोना कहरमा हवाई सेवा ठप्प भएका बेला उनले यो निर्देशन दिएका हुन्।

बुधबार मन्त्रालयमा निगमका प्रमुख कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग आयोजित बैठकमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन्। ‘आन्तरिक उडान तर्फ निगमसँग दुईवटा मात्र ट्विन अटर जहाज छन्। त्ससले माग धान्न सकेको छैन। निगमले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नका लागि तत्काल जहाज खरिद योजना अघि बढाउन आवश्यक छ,‘ मन्त्री भट्टराईले भने।

निगमको आर्थिक अवस्था सुधारका लागि मन्त्री भट्टराईले निगमको स्वामित्व रहेको २३ ठाउँको अचल सम्पत्तिको व्यवसायिक उपयोग गर्न निदेशन दिएका छन्। निगमका अनुसार २३ ठाउँको अचल सम्पत्ति ‘जग्गा र भवन’को मूल्यांकन आठ अर्ब २७ करोड ५८ लाख ८२ हजार रहेको छ।


मन्त्री भट्टराईले निगमको आर्थिक सुधारका लागि अनावश्यक खर्च कटौती गर्न र आर्थिक नोक्सान गर्ने कर्मचारीलाई कारवाही गर्न निर्देशन दिए। निगमको खर्च घटाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न र अवकास पाएका कर्मचारीले टिकट वापत पाउने ५० प्रतिशत छुट लगायत कटौती गर्न निर्देशन दिए। मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी र क्षमतावानलाई छनोट गर्न निर्देशन दिए।

प्रकाशित मितिः     २४ भाद्र २०७७, बुधबार १८:४५  |
error: Content is protected !!