नेपालगन्जमा कृषि मिटर जोडेर विद्युत चुहावट गर्नेको लाइन काटियो, अरु पनि सूचिमा


नेपालगन्ज २४ भदौ :  नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले मिटरबक्स दुरुपयोग गरी विद्युत चुहावट गर्ने नेपालगन्ज–१० कुसुम पेट्रोल पम्प अगाडीको बागेश्वरी इन्टरनेशनल र बागेश्वरी प्रिन्टर्समा छापा मारेको छ ।

बुधवार प्राधिकरण कर्मचारी र प्रहरी सहितको टोलीले छापा मार्ने क्रममा दुबै फर्मका नाममा प्रयोग भएका मिटरबक्स अनियमित तरिकाले सन्चालन गरी चुहावट गरेको भेटिएको हो ।

विद्युतका इन्जिनियर सुरेशकुमार तिमिल्सेनाले फरक प्रयोजनका लागि जडान गरेको मिटरबक्स अर्कै कामका लागि प्रयोग भएको पुष्टि गरे । उनका अनुसार घरमा कुनै कृषिसंग सम्बन्धित काम नभए पनि सस्तो महसुल बुझाउनुपर्ने कृषि मिटर जडान गरेर घरमा एसीसम्म चलाएको पाइएको छ ।


उदय सिंह श्रेष्ठको उक्त घरमा लामो समयदेखि विद्युत चुहावट हुँदै आएको पाइएपछि प्राधिकरणले चेतावनी दिएको थियो भने त्यसलाई अटेरी गरेपछि विद्युतले लाइन काट्न बाध्य भएको इन्जिनियर तिमिल्सेनाले बताए ।

उनले विद्युत चुहाव सम्बन्धी कानून अन्र्तगत थप कारवाही हुने पनि बताएका छन् । प्राधिकरण स्रोतका अनुसार प्राधिकरणसंग यस्ता कार्य गर्नेको सूचि छ । उनीहरु बिरुद्ध थप कारवाही हुने छ ।

 

प्रकाशित मितिः     3:59:40 PM  |