नेपालगन्ज उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलाई कोरोना संक्रमण


नेपालगन्ज २५ भदौ :  नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई कोरोना पोजिटिभ देखिएको छ । स्

वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिएका चन्दलाई बिहिवार कोरोना पोजिटिभ देखिएको हो ।

लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै चन्द कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटिएका थिए । पछिल्ला ६ महिनामा दिनरात स्वास्थ्य उपचार र ब्यवस्थापनमा खटिएका चन्दले आफुलाई कोरोना भएको सार्वजनिक गरेक थिए ।

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार १६:१०  |