निजीक्षेत्रको आशय-दुई दिने निषेधज्ञा हटाए हुने, तर सिडीओ भन्छन्…..


नेपालगन्ज २५ भदौ :  कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँके हरेक हप्ताको दुई दिन शुक्रवार र शनिवार बिशेषधा लागु गर्दै आएको छ ।

दुई दिने निषेधाज्ञाका विषयमा उद्योगी, व्यवसायी मात्र नभई सामाजिक सन्जालमा समेत बिरोधको स्वर सुनिन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले अनौपचारिकरुपमा दुई निषेधाज्ञाको औचित्य माथि प्रश्न उठाएका छन् ।


कोरोना नियन्त्रण अभियानमा सहकार्य गर्दै आएको निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरेपनि औपचारिकरुपमा बिरोध जनाएको छ । बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव बिष्णु लामिछानेले निषेधाज्ञा हटाउन माग गरे ।

यता बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जोखिम प्रत्येक दिन बढेको भन्दै निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन् । उनले भने,–‘हामी अहिले उच्च जोखिममा छौ । शुक्रबार र शनिबारको निषेधाज्ञा जारी रहने छ ।’

प्रकाशित मितिः     २५ भाद्र २०७७, बिहीबार १५:५८  |
error: Content is protected !!