नेपालगन्ज २५ भदौ : ‘हस्पिटालिटी फ्रम द हार्ट’ स्लोगन सहित देशभरका प्रमुख शहर एवं पर्यटकीयक्षेत्रमा सेवा विस्तार गर्न सफल भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले झापाको बिर्तामोडमा सिद्धार्थ ग्राण्ड सिटी होटल सन्चालनमा ल्याएको छ ।
लकडाउनकै अवधिमा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेपछि सेवा शुरु गरेको सिद्धार्थले जनाएको छ । ओपनिङसंगै सिद्धार्थ ग्राण्ड सिटी होटलले अनलाइन अर्डर र होम डेलिभरी सेवा दिइएको छ ।
३६ वटा डिलक्स, ६ वटा सुपर डिलक्स सहित ५१ रुम रहेको उक्त होटलमा ३ वटा रेष्टुरेन्ट, ब्यांकेट हल ३ वटा, हेल्थ क्लव, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, सुविधा सम्पन्न पार्किङ एरिया रहेको छ । पश्चिमबाट उदय भएको सिद्धार्थ समूह पूर्वमा समेत सेवाग्राही माझ पुगेको छ । २३ वर्षअघि कैलालीको टिकापुरबाट सानो खाजा घरबाट सुरु भएको व्यवसाय अहिले विस्तार भएर देशभर पुगेको छ ।
२०५४ सालमा टिकापुरमा खाजा घरबाट सुरु भएको सिद्धार्थ होटल अहिले नेपालको स्थापित व्वसायीक समूह बनेको छ । स्थापना भएको २३ औं वर्षमा सो ग्रुपपले धेरै आरोह अवरोह पार गर्दैं यो अवस्था आइपुगेको हो ।
हस्पिटालिटी क्षेत्रमा तीव्र लगानी विस्तार गरेको सिद्धार्थ विजनेश ग्रुपले राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २५ ओटा भन्दा बढी होटल, रिसोर्ट, कफीसप र रेष्टुरेन्टको आउटलेटहरु सञ्चालन गरिसकेको छ ग्रुपको ड्रिम प्रोजेक्ट पाँच तारे होटल अहिले भैरहवामा धमाधम निर्माण भैरहेको छ ।
गु्रपले नेपालगन्जमा १२५ वटा कोठा भएको चार तारे सिद्धार्थ होटल सञ्चालन गरिरहेको छ । योसँगै टिकापुर, सुर्खेत, कर्णाली चिसापानी, बुटवल,कुरुनिटार नजिकै होटल सहित सिद्धार्थ रिसोर्ट सञ्चालन भइरहेको छ । गु्रपले कतै होटल र कतै रिसोर्ट निर्माण गर्दै आएको छ ।
सिद्धार्थको नयाँ प्रोजेक्टको लागि जुम्ला र इलाममा आवश्यक जग्गा खरिद गरिसकेको छ ।
कोभिडको असर सकिने बित्तिकै ती दुई ठाउँमा होटल निर्माण सुरु गरिने बताइएको छ । नयाँनयाँ ठाउँमा लगानी गर्ने सोचका साथ सो ग्रपले ती ठाउँमा व्यवसाय गर्ने सोच बनाएको बताइएको छ । यस्तै गुल्मीमा ५० रोपनी क्षेत्रफलमा कफी खेति गरिरहेको छ । अहिले त्योसँगै गाई र कुखुरा समेत पालिरहेको जनाएको छ ।
होटल र रिसोर्ट चलाउँदै आएको ग्रुपको एस क्याफे समेत सञ्चालन आएको छ । हाल न्यूरोड, जमल, तिनकुने, नेपालगन्ज र कोहलपुरमा गु्रपले एस क्याफेको आउटलेट सञ्चालन गरिसकेको छ । ग्रुपले आफ्ना विभिन्न ब्रान्चहरुमा करिब १ हजार ७०० भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।