तराईमा ५ धुर र उपत्यकामा २ आना २ पैसा नघट्ने गरि कित्ताकाट हुने


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले तराइमा ५ धुर र उपत्यकामा २ आना २ पैसा नघट्ने गरी कित्ताकाट हुने स्पष्ट पारेको छ ।

भूमि सम्बन्धि नियमावली २०२१ को नियम ३९ ले तोके अनुसार कृषि र गैर कृषि क्षेत्र छुट्टिने गरि गैर कृषि क्षेत्रमा तराईमा न्युनतम ५ धुर र उपत्यका लगायत पहाडी जिल्लामा न्यूनतम २ आना २ पैसा भन्दा कम नहुने गरि कित्ताकाट गर्न सक्ने मन्त्रालयले जनाएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले कृषि योग्य जग्गाको संरक्षण हुने गरि जग्गाको वर्गीकरण गरेर कित्ताकाट व्यवस्थित गर्न निर्देशनात्मक सुझाव दिएको स्मरण गर्दै जग्गाको वर्गीकरण सहितको भू–उपयोग ऐन जारी भइसकेको मन्त्रालयको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय भू–उपयोग योजना स्वीकृत गरि कार्यान्वयन गर्न सक्ने व्यवस्था गरे अनुसार कित्ताकाटको सिफारिस गर्ने अधिकार सम्बन्धित स्थानीय तहको वडा समितिमा छ।

प्रकाशित मितिः     4:24:50 PM  |