मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी स्वास्थ्य सम्झौता गरेको छ । जसमा नेचुरोपेथी अस्पताल,लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यसै गरी, लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


त्यसैगरी, काठमाडौें अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवा अन्तर्गत स्वास्थ्य सम्बन्धी सेवाजस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।

त्यसै गरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित पीसिआर परिक्षणमा ४०० को विशेष छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी, कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पीसिआरपरिक्षणमा१० प्रतिशत र अन्य सेवामा १५प्रतिशतछुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः     4:31:27 PM  |