मालपोतका कार्यालयका ८ कर्मचारी र सेवाग्राही सहित बाँकेमा ३९ जनामा कोरोना पुष्टि


बाँकेमा शनिबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार शनिबार थपिएका संक्रमितमध्ये भुमी सुधार तथा मालपोत कार्यालय नेपालगन्जका लेखा अधिकृत सहित ८ जना कर्मचरी रहेका छन भने ७ जना सेवाग्राही रहेका छन । त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगन्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र संखुवासभाका १/१ जना रहेका छन ।

शुक्रबार जिल्लामा कोरोना परिक्षणको विवरण सार्वजनिक गरिएको थिएन । पछिल्लो ४८ घण्टापछि सार्वजनिक गरीएको विवरणमा मालपोत कार्यालयका लेखाअधिकृत सहित ३९ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले पुष्टि गरेका छन ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार १३:३५  |