त्रिभुवनचोकको श्रमबजार भोलिबाट रामलिला मैदानमा सारिदै, प्रहरी सहित उच्च सावधानी अपनाइने


नेपालगन्ज २७ भदौ :  त्रिभुवनचोकको श्रम बजार रामलिला मैदानमा सारिएको छ । भोलिबाट काम खोज्ने श्रमिक र श्रमिक खोज्नेहरु रामलिला मैदानमा जानुपर्ने छ ।

त्रिभुवनचोकको साँघुरो ठाउँमा दैनिक ठूलो संख्यामा श्रमिहरु काम खोज्दै आउने गरेका छन् ।

त्यसरी काम खोज्न आएका श्रमिक वा अरु समेत साँघुरो ठाउँ हुनाले कोरोनाको जोखिम बडेपछि खुल्ला ठाउँ खोजिएको छ ।


रामलिला मैदानमा सामाजिक दुरी कायम गरिने छ भने प्रहरीको सहयोग लिएर व्यवस्थापन गरिने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना सर्ने जोखिम कम गर्नका लागी त्रिभुवन चोकमा बिहान हुने भिडभाडको भोलिबाट ब्यबस्थापन सहित समाधान खोजिएको बताए ।

त्यसको समाधान भनेको उच्च सतर्कता सहित रामलिला मैदानमा श्रम बजार सार्नु हो ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार १३:३४  |
error: Content is protected !!