असोज १ गते देखि बाँकेबाट लामो तथा छोटो दुरीका सवारी चलाउने तयारी, सम्भव छ त ?


कोहलपुर : असोज १ गते देखि बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने तयारी थालिएको छ ।
यातायातका साधन सञ्चालनका लागि शनिवार कोहलपुरमा यातायत व्यवसायी र यातायाता मजदुरबीच छलफल शनिवार कोहलपुरमा सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ जिल्ला समन्वय समितीको संयोजनमा यातायत व्यवसायी र यातायान मजदुर बिच छलफल गरिएको र असोज १ गते देखि लमो तथा छोटो दुरीका यातायतका साधन सञ्चालन गरिने समन्वय समितीका संयोजक टंक बस्यालले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याईने उनले जानकारी दिए । बस्यालका अनुसार यातायत मजदुर र यातायात व्यवसायीले आईतवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाउने उनले बताए ।

आखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राज कुमार बिसीले लामो लकडाउनले मजदुरहरुलाई हात मुख जोर्न समस्या भएको भन्दै यातायतका साधन सञ्चालनको बिकल्प नभएको बताए । उनले सुरक्षा मापदण्ड पुरा गरेका सार्वजनिक यातायत सुचारु गनु पर्ने बताए ।

प्रकाशित मितिः     २७ भाद्र २०७७, शनिबार १४:३४  |