काम खोज्ने, कामदार खोज्ने अब रामलिला मैदान जानुपर्ने


नेपालगन्ज २८ भदौ :  आईतवारदेखि त्रिभुवनचोकमा रहेको श्रम बजार रामलिला मैदानमा सरेको छ । त्रिभुवनचोकमा काम खोज्ने र कामदार खोज्नेको वर्षौदेखि जमघट हुँदै आएको छ ।

बाँके, बर्दियाका मजदुरहरु काम खोज्दै हरेक बिहान त्रिभुवनचोकमा जम्मा हुने गरेका छन् । त्यसरी जम्मा भएका मजदुहरुलाई कामदार खोज्नेहरु गएर काममा लैजाने गरेका छन् ।

श्रमबजारका रुपमा चिनिने यो ठाउँमा कोरोनाको उच्च जोखिम भएपछि रामलिला मैदानको खुल्ला ठाउँमा सारिएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

 

रामलिला मैदानमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा उपाय अपनाएर काम खोज्ने र कामदार खोज्नेको सुरक्षा गरिने छ । कोरोनाको चेन ब्रेक गर्नका लागि कोभिड अवधिभर खुल्ला ठाउँमा मजदुरलाई राख्न शुरु गरिएको हो ।

अब काम खोज्ने र कामदार खोज्नेहरु रामलिला मैदानमा जानुपर्नेछ । तर त्यहाँका मजदुरले बस्ने चौतारी र चर्पीको व्यवस्था गर्न माग गरेका छन् ।

 

प्रकाशित मितिः     २८ भाद्र २०७७, आईतवार ०८:२३  |