नेपालगन्जमा लोडसेडिङ्गको जस्तो अवस्था, चर्को गर्मीमा घण्टैपिच्छे जान्छ विद्युत


नेपालगन्ज २८ भदौ :  नेपालगन्जमा विद्युतको अवस्थामा लोडसेडिङ्गको जस्तो छ ।

औपचारिकरुपमा लोडसेडिङ्ग छैन् तर घण्टैपिच्छे विद्युत गइरहन्छन् । लोभोल्टेजको समस्या उस्तै छ ।

लोडसेडिङ्गको झझल्को दिने गरी नेपालगन्जमा भइरहेको विद्युत प्रशारण अनियमितताले चर्को गरीमा सर्वसाधारणलाई आहत दिएको छ ।

नेपालगन्ज सेतुबिक चोकका खम्बप्रसाद पुन भन्छन्,–


देशमा विद्युत प्राधिकरणका कुलमानको समयावधि थपिदै गर्दा नेपालगन्ज सहर पछौटेपन किन ? देशकै सबै भन्दा गर्मी हुने ठाँउ नेपालगन्ज अनि दिनमा घण्टौ लोडसेडिङ किन ? धनीले बिद्युतको ब्याकप राख्छन तर गरिव बिचाराकै लागी लोडसेडिङ हो ? जानकारी बिना जथाभावी लाईन काटेर लोडसेडिङ गर्नु के कुलमानले लोडसेडिङको अन्त्य गर्छु भन्ने सन्दर्भसंग मेल खाएकै हो । बाँकेका सम्बन्धित सरोकारवाला निकाय किन मौन । एकातिर कोरोनाको त्रास अर्कोतिर लोडसेडिङ किन ? विद्युत कार्यालयमा फोन गर्दा केहि समय व्यस्त अनि फेरी कलब्याक गर्दा फोनै नउठ्ने कर्मचारीको लापरबाही किन ? मनपरी गरे भैगो, जनता सुख्खाराम । २१औ शताब्दीमा पनि हाते पंखा जिन्दावाद हो ?

सन्चारकर्मी समेत रहेका पुनको जस्तै पीडा नेपालगन्जमा अधिकांस खेप्नु परिरहेको छ, यतिबेला । गतवर्ष ठिकठाकै रहेको विद्युत प्रशारण अहिले भने पीडादायी छ ।

विद्युत व्यवस्थापनको कमजोरीका कारण घण्टैपिच्छे लाइन जाने आउने भइरहेको स्थानीय बताउँछन् । चर्को गर्मीमा भइरहेको विद्युत अनियमित तत्काल रोक्न माग गरिएको छ ।

 

प्रकाशित मितिः     8:09:19 AM  |