नेपालगन्ज २८ भदौ : आजबाट लागु हुने गरी भदौ ३१ गतेसम्म मालपोत कार्यालय बाँकेको काम बन्द हुने भएको छ । आठ जना कर्मचारी र सेवाग्राहीलाई कोरोना संक्रमणको पुष्टि भएपछि थप जोखिम नहोस् भन्ने उदेश्यले सम्पूर्ण काम बन्द गरिने कार्यालय प्रमुख प्रेम दौल्यालले बताए ।
