बाँकेका यातायात व्यवसायीले असोज १ गते बाट स्वस्फुर्तरुपमा लामोदूरीका सवारी चलाउने घोषणा


कोहलपुर २८ भदौ : बाँकेका यातायात व्यवसायीले असोज १ गते देखि बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु स्वस्फुर्त रुपमा संञ्चालन गर्ने घोषणा गरेका छन ।

आईतवार आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाउँदै उनिहरुले सवारी सञ्चालनको बातावरण नवनाएर आफुहरु स्वस्फुर्त रुपमा सवारी सञ्चालन गर्न बाध्य हुने बताएका हुन ।

बाँके जिल्लाका यातायात व्यवसायीका तर्फबाट नेपाल राष्ट्रिय यतायात व्यवसायी माहासघ जिल्ला समन्वय समितीका संयोजक टंक बस्याल ,अखिल नेपाल यातायत मजदुर संगठतका केन्द्रीय उपमहासचिव राज कुमार बिसी लागतयतका मजदुर संगठनका प्रतिनिधीहरुले सयुक्त रुपमा ज्ञपान पत्र बुझाउउँदै यस्तो माग गरेका हुन ।


उनिहरुले सवारी पासको दुरुपयागे गरि निजी सवारी रातो प्लेटका साधनलाई यात्रु बोक्न रोक्नु पर्ने , होल्डीङ सेन्टरका नाममा भएको अनियमितता रोक्न पहल लिनु पर्ने,यातायात व्यवसायी पुर्न कर्जा कार्यक्रम लागु गनु पर्ने ,सवारी नबिकरणमा भएको अवरोध हटाउनु पर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाएको यातायात मजदुर संगठनका केन्द्रीय उप महासचिव राज कुमार बिसीले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याईने उनले बताए ।

बिसीले लामो लकडाउनले मजदुरहरुलाई हात मुख जोर्न समस्या भएको भन्दै यातायतका साधन सञ्चालन गर्न आफुहरु बाध्य हुनुपरेको बताए । कोरोना महामारीका कारण चैत्र महिना देखि सार्वजनिक यातायातका साधन पुर्ण रुपमा ठप्प भएका कारण यातायात व्यवसायी धरासायी हुने अवस्थमा पुगेका छन ।

प्रकाशित मितिः     6:59:03 PM  |