खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतिलाई कोरोना पोजिटिभ


नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला क्राईसिस मेनेजमेन्ट सेण्टरका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज आएको रिपोर्टमा बाँकेमा खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतिमा पनि कोरोना पुष्टि भएको छ ।


खजुरा गाँउपालिकाका अध्यक्ष कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगेपनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरे ।

आज थपिएसंगै बाँकेमा कुल संक्रमितको संख्या १४४० पु गेको छ जसमा ९९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः     6:42:19 PM  |