केटीएम ड्यूक २०० बीएस सिक्स र ड्यूक २५० सार्वजनिक हुँदै, यस्तो छ मूल्य


काठमाडौं । नेपाली बजारमा ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक हुने भएको छ । केटीएमले सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । ड्यूक २०० बीएस ६ र ड्यूक २५० दुबै मोडल बीएस ६ इन्जिन सहित नेपाली बजारमा भित्र्याएको हो । यो सँगै नेपालमा बीएस सिक्स मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी बनेको छ ।

ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जसले २९।६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियरबक्स रहेको यो बाइक नयाँ फिचर सहित नेपाली बजारमा प्रवेश पाएको छ ।


ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन युक्त छ जसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९‍।३ एनएमको टर्क जेनेरेट गर्छ । फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क यी बाइको मुख्य बिशेषता रहेका छन् । मूल्य कम्पनिका अनुसार बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार तोकिएको छ भने २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः     10:26:21 AM  |