गुर्भाकोट र भेरीगंगालाई लक्षित गरी अनलाइन सपिङ “कोसेली बजार” संचालन


अनलाइनमार्फत एउटै छानामुनि सबै सामान किनमेल र बिक्री गर्न सकिने ‘अनलाइन सपिङ “कोसेली बजार” संचालनमा आएको छ ।

गुर्भाकोट नगरपालिका– ८ स्थित मेहेलकुनामादेखि आधिकारिक रुपमा “कोसेली बजार डट कम” संचालनमा आएको जानकारी कोसेली बजारका संचालक रबिन्द्र बिकले प्रदेश संसारलाई जानकारी दिनुभयको छ । उक्त अनलाइन सपिंग साइटमा हामीले सम्पूर्ण सामानहरु किनमेल गर्न सक्ने छौ ।

संस्थाले तयार गरेको वेबसाइटमार्फत गुर्भाकोट नगरपालिका तथा भेरिगंगा नगरपालिका का ग्राहकहरुले अबदेखि आफूलाई आवश्यक पर्ने सामान किनमेल गर्न सक्ने साथै कुनै पनि सामान ग्राहकको अडर अनुसार घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा दिने कोसेली बजारका संचालकले बताए।

सञ्चालकका अनुसार अत्याधुनिक स्मार्ट फोन बोक्ने वर्तमान पुस्ताको वृद्धिसँगै अनलाइन सपिङले राम्रो बजार लिन सक्ने विश्वास व्यक्त गरेका छन, साथै भेरीगंगा र गुर्भाकोट नगरपालिकामा आधुनिक सुपरमार्केट र मिनीमार्ट नखुलेको अवस्थामा वेबसाइटमार्फत ग्राहकलाई चाहिएको सामान निश्चित समयमा घरमै पुर्याइदिने सुबिधा पनि रहेको छ ।

इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई चाहिने इलेक्ट्रिोनिक सामानहरु, कपडा, घरायसी समान, खेलकुद तथा स्टेसनरी समानहरु कोसेली बजार को वेबसाइट मार्फत अनलाइन खरिद गर्न सकिने छ ।

प्रकाशित मितिः     २९ भाद्र २०७७, सोमबार १०:३३  |