नेपालगन्ज उद्योग वाणिज्य संघको केही दिन अघि बसेको बैठकले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।
साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो । त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राखेका छौं ।
संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेका छौं । यो निर्णयप्रति मिश्रित प्रतिक्रिया आएको छ । बहुसंख्यक व्यवसायी एव आमनगारिक स्वास्थ्य संवेदनशिलताको ख्याल गरेर लकडाउन वा निषेधाज्ञा हटाउनुपर्छ भन्नेमा सहमत छन् । कतिपयले स्वास्थ्य संवेदनशिलतालाई समेत जोडेर हेरिरहेका छन् ।
हामी कोरोना जस्तो महामारीका विषयमा बेखवर छैनौ । यो महामारीको संवेदनशिलताको हेक्का राखेका छौं । त्यही भएर ठूलो आपत्ती नराखी सरकारले भनेका धेरै कुरा मान्दै आएका छौं । प्रशासनग हातेमालो गरेर कोभिड बिरुद्धको अभियानमा सहभागि भएक छौं । कोभिड नियन्त्रण गरेर आमनागरिकलाई संक्रमणमुक्त बनाउन हामी अति नै गम्भीर छौं ।
तर कुरा यत्ति मात्रमा सिमित छैन । अब रोगले होइन भोकले मर्ने भए भन्दै समाजमा आवाजहरु उठ्न थालेका छन् । यो आवाज ब्यापक हुँदै छ । हो, हामी हामीले स्वास्थ्य अवस्थाको ख्याल राख्दै निषेधाज्ञा एवं लकडाउन जस्ता निर्णयहरु परिवर्तन गरेर अगाडी बढ्नुपर्छ भनेका छौं ।
मानव जीवनमा जोखिमसँगै कोरोना (कोभिड–१९) सङ्कटले विश्व अर्थतन्त्रको नै थलिएको छ । सम्भवत बिश्व युद्धपछि अर्थतन्त्रले यत्तिका ठूलो त्रासदी भोगिरहेको छ । चिया बेच्ने पसलदेखि ठूला–ठूला उद्योग बन्द भए । पश्चिम क्षेत्रको आर्थिक राजधानी नेपालगन्ज सहित बाँके यसको प्रभावबाट मुक्त हुन सकिरहेको छैन् । आर्थिक क्षतीको दायरा अझ कति बढ्ने हो? निश्चित छैन । डरलाग्दो त्रासदीबाट अर्थतन्त्रबाट गुज्रिएको छ । अझै कहिले पार पाउने हो निश्चित छैन् ।’
आम्दानी र उत्पादनका सबै क्षेत्र ठप्प भएपछि अर्थतन्त्रको चक्र नै प्रभावित भएको छ । मानव स्वास्थ्यसहित अर्थतन्त्रमा ठूलो क्षति पुगेको । अहिले देखिने भन्दा यसले दीर्घकालीन असर पार्छ । मुलुकको आर्थिक वृद्धिदर खस्कने निश्चित भएको छ ।
मुलुक नै लकडाउन भएपछि सबै क्षेत्र ठप्प भएकाले यसले अर्थतन्त्रमा धक्का लागेको उहाँको भनाई छ ।
जनजीवनसहित आर्थिक गतिविधि रोकिएपछि प्रत्यक्ष असर अर्थतन्त्रमा परेको हो । लकडाउन घोषणापछि उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, बजार सबै बन्द भएको छन् । आयात–निर्यात दुवै प्रभावित भएको छ ।
औद्योगिक प्रतिष्ठान, सेवा क्षेत्र, वैदेशिक रोजगारी, निर्माण क्षेत्रमा लाखौंको रोजगारी प्रभावित भएको छ । होटल, रेस्टुरेन्ट, यातायात, पर्यटनसहित केही व्यापारिक प्रतिष्ठानले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । दैनिक ज्यालादारीमा काम गर्नेमात्र नभएर वैदेशिक रोजगारीमा गएका समेत प्रभावित भएका छन् । स्वदेशी तथा विदेशी नयाँ लगानी रोकिएको छ । यो अवस्था लम्बिए अर्थतनन्त्र थप भयावह अवस्थामा पुग्नेछ ।
अत्यावश्यक सेवामा पर्ने बैंक तथा वित्तीय संस्थाले निश्चित समय तोकेर केही काउन्टर खोले पनि कारोबार रोके । अहिले भने नियमित सेवा दिइरहेका छन् । अत्यावश्यक सेवामा काम गर्नेबाहेक अरु सबै घरभित्र बस्न बाध्य हुँदा आर्थिक चक्र प्रभावित भएको छ । कुनै वस्तुको उत्पादनले बजारलाई चलायमान बनाएको हुन्छ ।
अर्थतन्त्रका बिभिन्न क्षेत्रमा प्रभाव परेको छ । सबैभन्दा पहिले त पर्यटन नै यसबाट प्रभावित बन्यो । आपूर्ति व्यवस्थामा प्रभावित बनेको छ । अर्कोतर्फ पूर्वाधार निर्माणमा अवरोध भइरहेको छ ।
यहाँ सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारीका लागि विदेश जान ठिक्क परेकाहरू यहाँ रोकिएका छन् । ठुलो संख्यामा रहेका उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो । मुलुकको हितको लागि उत्पादनमा जोडेर सरकारले व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्छ । बाहिर जान नपाएकाहरूलाई पूर्वाधार निर्माणको काममा लगाउन सक्छ । सरकारले आफैँले काम लगाउने भन्दा पनि लिंकेज’ बनाउन सक्यो भने उनीहरूले यहाँ काम पाउँछन् र उनीहरूको व्यवस्थापन हुन्छ ।
विदेश जान लागेकाहरूलाई व्यावसायिक कृषिमा लगाउन सकिन्छ । युवा विदेशिने भनेको जमिन बाँझो हुनु हो । सरकारले सार्वजनिक जमिन लिजमा दिएर व्यावसायिक खेतीमा लगाउन सक्छ । मल, बीउ उपलब्ध गराउने, तालिम दिने र आवश्यक सेवा दिने हो भने यसले अहिलेको संकट व्यवस्थापनसँगै दीर्घकालसम्म मुलुकभित्र उत्पादन बढाउन सक्छ । सरकारको नीति पनि रोजगारीका लागि विदेशिन नपरोस् भन्ने छ । अहिले राम्रोसँग काम गर्न सके सरकारी लक्ष्य पनि हासिल हुन्छ ।
कोरोना नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण अर्थतन्त्र नराम्रोसंग प्रभावित बन्यो । उद्योग एवं व्यवसायीक प्रतिष्ठान लामो समयसम्म बन्द अवस्थामा रहे भने अझै पहिलेकै अवस्थामा कहिले फर्किन्छन् भन्ने निश्चित छैन् । तर अब क्रमश अर्थतन्त्रलाई चलायमान राख्दै अगाडी बढ्नुपर्छ ।
कुराकानीमा आधारित