- जागेश्वर सिंह थारु
नेपालगन्ज ३० भदौ : बर्दिया जिल्लाकै मनोरम बढैयाताल विकासको गती लम्किरहेका छन् ।
पर्याटकहरुलाई आर्कषण र ताललाई सिमसार क्षेत्रको रुपमा विकास गरि पर्यटकहरुलाई भित्रिय्यर मुख्य आयआर्जन बनाउने लक्ष्यका साथ विकास गरिरहेको हो । जसलाई पहिला माछा पालनको रुपमा प्रयोग गरि रहेका थिए ।
झिलिमिलि कमलका फुल फुलेका यो दृष्य पश्चिम क्षेत्रकै १ सय ८ विगहा १७ कट्ठा क्षेत्रफलमा फैलिएको बढैया तालको हो । जसलाई बर्दियालीहरुले बर्दियाको सान बढैयाताल भन्ने गरेको छन् ।
स्थानीय सरकार नआँद सम्म जिल्ला समन्वय समिति बर्दियाले हरेक ५ बर्षको ठेक्का दिने गरेको हुनथ्यो । र हरेक ५ बर्षको एक करोड सम्मको ठेक्का हुने गथ्यो ।
तर स्थानीय सरकारले ठेक्का नदिएर आफ्नो मतहतमा लिएर तालको विकास कार्य तिव्र परेको छ । विकास भए पछि ताललाई अवलोकन गर्ने मानिसहरु दिन प्रतिदिन बढदै गएका स्थानीय विमल चौधरीले बताए ।
तालको विकास सँगै ताललाई अवलोकन गर्ने मानिसहरुको बढ्दै गएको ताललाई हेरचाह गर्ने कर्मचारी हेमकुमार थारुले बताए । तालको सौन्दर्या हेर्नका लागि लकडाउन भएपनि अवलोकन गर्ने मानिसहरुको भिड उत्तिकै रहेको थारुले बताए ।
तर सिमसार क्षेत्रको रुपमा घोषण भइसकेपनि बढैया ताललाई सरकारले भने अहिले सम्म रु १० को एउटा टिकट मात्रै दिएको छ । तर स्थानीय सरकार आएपछि ठेक्का टुटाए विकासको बाटो तिर लम्किएको छ ।
गत २०७५ सालमा पर्यटन विकास बोर्डको लगानीमा पिकनिक स्पोर्टहरु लगाएतका रमणीय पार्कहरु निर्माण भएको छ । जसमा रमाउनका लागि मानिसहरुको भिडँ लागेको हुन्छ ।