काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले नेपालमा सेवा सुरु गरेको २५ बर्ष पुरा भएको छ । फाइबर टु दी होम एफटीटीएच सेवा दिँदै आएको वल्डलिंकले दुई दशक भन्दा बढीको यात्रामा नेपाली इन्टरनेट उद्योगमा एकाधिकार मात्र जमाएको छैन फिक्स ब्रोडब्यान्ड इन्टरनेट उद्योगमा आधा भन्दा बढी हिस्सा ओगटिसकेको छ ।
एफटीटीएच प्रविधिमा लोकप्रिय हुँदै गएको वल्डलिंक केही वर्षको अन्तरालमा प्रयोगकर्ता र सेवाको हिसाबमा नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक बन्न पुग्यो । नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई नेपालमा इन्टरनेट सेवा दिन २०५५ साल चैत १६ गते अनुमिति दिएको थियो ।
फाइबर इन्टरनेट विस्तारमा वल्र्डलिङ्कका फाइबर प्रयोगकर्ता ४ लाख ८ हजार छन् । कम्पनीले वल्र्डलिंक नेपालमा प्रवेश गर्दा मार्कन्टाइल लगाएतका ठूला इनटरनेट सेवाप्रदायकको दबदवा भएपनि नयाँ विजनेश मोडालिटिका आएकोको वल्र्डलिकले देशमै नयाँ आयाम थप्यो । कम्पनीका अनुसार देशभर वल्र्डलिंकका २० लाख १ हजार युर्जर छन् ।
अहिले नेपालकै ठूलो हिस्सा ओगट्ने कम्पनीको रुपमा स्थापित भएको छ, वल्र्डलिंकले । उसले देशभरका विभिन्न ठाउँमा फ्रि वाइफाई, ग्रामिण क्षेत्रमा ब्रोडब्यान्ड इनटरनेटमा पहुँच पुर्याउदै आएको छ ।
वल्डलिंकले गत बर्षमात्रै वेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ९सीडीसी० बाट १ अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको थियो । विदेशी लगानी भित्र्याएपछि वल्र्डलिङ्क इन्टरनेट सेवालाई थप प्रभावकारी र आक्रामक सेवा विस्तार गरिरहेको छ ।
हाल कम्पनीले देशभर १० हजार स्थानमा पब्लिक वाईफाई विस्तार गरेको छ । भौगोलिक हिसाबले फाइबर इन्टरनेट सेवा पुर्याउन असहज भएपनि हाल वल्र्डलिङ्कले दूरसञ्चार प्राधिकरणको सहकार्यमा देशभरका २ हजार २५८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गरेको छ ।
हाल वल्र्डलिंकले सर्वसाधारणलाई सेयर निष्कासनको तयारीमा गरेको वल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलिप अग्रवालले यो २५ बर्षमा निकै उतारचढाव अनुभव बटुलेको बताए । एउटा कम्पनीलाई जन्म दिएर २५ बर्षसम्म हुर्काउन गार्हो हुने रहेछ’ उनले भने । हाल वल्डलिंक दशकै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल रहेको छ । देशका ७३ ओटै जिल्लामा इन्टरनेट पुर्याइसकेको छ ।
दिलिप भन्छन‘ अमेरिकाबाट आमा बुबासँग प्रविधि मार्फत कुरा गर्ने बातावरण स्थापना गर्न नेपाल आएको थिए तर, ठूलो कम्पनी बन्ला भन्ने सोचेको थिइन् । अहिले वल्र्डलिङ्कले देश विदेशका सबै नागरिकलाई जोडिएको देख्दा खुशी लाग्छ ।
यसरी बन्यो ठूलो इन्टरनेट सेवाप्रदायक
सन् १९९५ मा इमेल सेवा सुरुवात गरेको वल्र्डलिंकले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गरेको थियो । त्यसको दुई वर्षपछि काठमाडौं बाहिर सेवा विस्तार गरेको थियो । कम्पनीले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि भिस्याटको सुरुवात पनि त्यहीँबाट गरेको हो । त्यसको एक वर्षपछि अर्थात सन् २००० मा कम्पनीले वायरलेस ब्रोडब्यान्ड इन्टरनेट सेवाको सुरुवात गर्यो ।
कम्पनीले नेपालमै पहिलो पटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग २००१ साझेदारी गरेको थियो । अकमाईसँगको यो साझेदारीसँगै कम्पनीले भिस्याट नेटवर्कमार्फत देशका प्रमुख सहरमा इन्टरनेटको विस्तारलाई बढवा दियो । वल्र्डलिंकले सन् २००३ मा आएर कम्पनीले केबल इन्टरनेट सेवाको सुरुवात गरेको थियो ।
केबल इन्टरनेट सेवा सुरु गरेको तीन वर्षपछि वायरलेस प्रविधिबाट कम्पनीले देशका प्रमुख सहरमा इन्टरनेटको विस्तार गर्यो। यसरी देशव्यापी रुपमा इन्टरनेट विस्तारको काम गरिरहेको कम्पनीले सन् २००८ मा अन्तर्राष्ट्रिय ब्यान्डविथको लागि क्रस बोर्डर फाइबर जडान गरेको संस्थापक अग्रवालले बताए । इन्टरनेटको अनुभवलाई अझ प्रभावकारी बनाउँदे कम्पनीले सन् २०१२ मा नेपालमा पहिलो पटक १० एमबीपीएसको इन्टरनेट सुरु गरेको थियो ।
वल्डलिंकले १० १० एमबीपीएस इन्टरनेट दिनुअघि अन्य सेवाप्रदायकले १÷२ एमबीपीएस सेवा दिइरहेका थिए । त्यो समय सबै भन्दा बढी इन्टरनेट सेवा विस्तार गर्दा ठूलो तरङ्ग ल्यायो । दुई वर्षपछि कम्पनीले फाइबर टु दी होम९एफटीटीए० इन्टरनेटको सुरुवात गरेको हो ।
कम्पनीले सन् २०१६ मा आईपी टिभि सेवा र रेकर्डेट भिडियो कन्टेन्ट सुरु गरेको थियो । आईपी टिभिको हाल प्रयोगकर्ता १ लाख ८४ हजार भन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
हाल इन्टरनेट सेवाप्रदायक कम्पनीले ६० एमबीपीएस स्पिड क्षमतासम्मको इन्टरनेट दिइरहेको छ । कम्पनीले आगामी दिनमा ग्रामिण क्षेत्रका सबै स्थानीय तहमा पुग्ने उद्देश्य लिएको छ ।