सानिमा बैंकको ८२ औं शाखा कोहलपुरमा उद्घाटन


नेपालगन्ज १ असोज :  सानिमा बैैंक लिमिटेडले आफ्नो ८२ औं शाखा बिहिवारदेखि कोहलपुरमा सन्चालनमा ल्याएको छ ।

शाखाको एक कार्यक्रमका बीच कोहलपुरका मेयर लुटबहादुर रावत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे ।

सामाजिक दूरी कायम गरी उद्घाटन गरिएको कार्यक्रममा बोल्दै मेयर रावत र संघका अध्यक्ष अधिकारीले उदयमान शहर भएकाले कोहलपुरमा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढेको बताए ।


बैंकहरुको आर्कषणसंगै सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनीहरुको आग्रह थियो ।

बैंकका नेपालगन्जस्थित शाखा प्रबन्धक मौसम केसी लगायतको उद्घाटन कार्यक्रममा सहभागिता रहेको थियो । कोहलपुर शाखा प्रबन्धक सन्तोष गुरुङ सेवाप्रवाहमा खरोरुपमा उत्रिने जनाएका छन् ।

 

प्रकाशित मितिः     3:20:59 PM  |