भेरीको कोभिड बिशेष अस्पताललाई नेकपा नगर समितिको स्वास्थ्य सामाग्री सहयोग


नेपालगन्ज १ असोज ;  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) नेपालगन्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पतालमा बनेको कोभिड बिशेष अस्पताललाई एक लाख पच्चीस हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सचिव दत्तप्रसाद आचार्यका अनुसार,४१ थान पल्स अक्सिमिटर अस्पताललाई हस्तान्तरण गरिएको छ ।


नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कल बहादुर बम लगायत नगर कमिटी सदस्यहरु,भेरी अस्पताल बिकास समिति अध्यक्ष प्रमोद धिताल लगायत समिति सदस्यहरु,भेरी अस्पतालका मेसु डा प्रकाश थापा ,भेरी अस्पताल कोभिड आइसोलेसन केन्द्रका प्रमुख डा श्यामसुन्दर यादव लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     6:16:39 PM  |