नेपालगञ्जका लागि भन्दा नेपालगञ्ज भएर प्रसिद्ध पर्यटकीय क्षेत्रमा जाने पर्यटकहरुको संख्या दिनानुदिन बृद्धि भइराखेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र मानसरोवर जानेहरुका लागि प्रमुख बाटो नेपालगञ्ज नै रहेको अवस्थामा होटल, रेष्टुरेण्ट लगायत पर्यटकीय क्षेत्रसँग समबन्धित संस्थाहरु दिनप्रतिदिन नेपालगञ्जमा थपिने क्रम जारी छ ।
कोरोना महामारीका कारण वन्दावन्दीको अवस्थामा पत्रकारीता पेशासँगै पर्यटन क्षेत्रमा पनि रमाएका श्रीराम सिग्देलले “कोल्टे भान्सा घर” खोल्दा एउटा प्रश्नचिन्ह त सबैसामु थियो नै स्वयं श्रीरामलाई पनि अलि बढी चुनौती सामना गरियो की क्या हो ? भन्ने लागेकै हो । तर “कोल्टे भान्साघर” खोलिनु अगाडी एउटा सानो कथा छ ।
पर्यटन गतिविधीलाई अब खुद्रा रुपमा होइन “प्याकेजका” रुपमा अगाडी बढाउनु पर्छ भनेर थालेका श्रीरामलाई अप्रत्यासित कोरोनाले विश्वलाइ पारे झैं अलमलमा परिदियो । आत्तिएर काम भएन क्यारे सम्हालिएर चुनौतीको सामना गर्न “कोल्टे भान्सा घर” खोले , श्रीराम भन्छन् ।
कोरोना सधैं त नरहला र सबैलाई काम गर्नुको विकल्प पनि छैन । श्रीराम भन्छन– अब रेष्टुरेण्ट खोल्ने निर्णय भएको स्वागत योग्य छ । यसलाइ रोक्नुहुदैन वरु स्वास्थ्य मापदण्डमा कडाई गरौं ।
शुद्ध नेपाली खाना पस्किने उद्देश्य लिएका श्रीराम भन्छन– आमाको हातको खानाको स्वाद दिन चाहान्छौं ।
“कोल्टे भान्सा घर”मा सबै घरमा बनेको मसला प्रयोग गर्ने र आधुनिक तर हानिकारक वस्तुको प्रयोग नगर्ने दावी गर्छन् श्रीराम ।सिलौटो, जाँतोको प्रयोग र उमारेका गेडागुडी तथा मासुजन्य अचार, खाजासेट तथा बाराका परिकार “कोल्टे भान्सा घर”का ग्राहकले बढी रुचाउँछन् ।
पोर्क आइटमको माग पनि बढ्दो छ , -श्रीराम भन्छन् ।
नेपालगञ्जको धम्वोजी चोकबाट उत्तरतर्फ रहेको “कोल्टे भान्सा घर” हाल छ जनाको लागि रोजगारस्थल त बनेको छ नै सञ्चालक श्रीराम सिग्देललाई पनि वेफुर्सदी बनाएको छ ।
रेष्टुरेण्ट व्यवसायमा स्वच्छ खाना र ग्राहकको सन्तुष्टीसँगै लैजानु एउटा चुनौती त छँदैछ । झन सेकुवाका लागि चर्चित नेपालगञ्जमा ग्राहक फर्की फर्की आउनु भन्दा सन्तुष्टी अर्को हुन सक्दैन, श्रीराम भन्छन् ।
तस्विर र संचार सामाग्री / ट्राभल खबरबाट