नेपालगन्ज २ असोज : चार्टर्ड एकाउन्टेन्टहरुको साझा संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को बाँके ,च्याप्टरले पहिलो पटक नेपालगन्जमा बैकिङ्ग र कर प्रणालीमा वर्तमान अवस्थामा भएका विकासहरुको बारेमा बृहद छलफल कार्यक्रम आयोजना गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष भवानी राणा प्रमुख अतिथी रहेको कार्यक्रममा पछिल्लो समय बैंक र कर प्रणालीमा भएका विकासका सम्बन्धमा सरोकारवाला निकायका दिग्गज व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेको एक्यान बाँके च्याप्टरका संयोजक बिश्व भण्डारीले बताए । भण्डारीका अनुसार, कार्यक्रम आगामी शुक्रवार दिउँसो २ : ३० बजेदेखि भर्चुअलरुपमा जुम मार्फत सञ्चालन भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत यज्ञराज ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
महासंघ अध्यक्ष भवानी राणा, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का उपाध्यक्ष युद्धराज ओली अतिथी वक्ताका रुपमा थिए भने एक्यानका केन्द्रीय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले समेत कार्यक्रममा सहभागि रहने थियो ।
कार्यक्रमको प्रमुख उद्देश्य यस क्षेत्रमा रहेका सम्पूर्ण उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालालाई कोरोना महामारी का बीच भएका कानुनी परिवर्तन तथा सुविधाहरूको जानकारी गराएका थिए । सरोकारवालाहरुले सम्बन्धित विज्ञहरु बाट प्रश्न सोधेर आफ्नो जिज्ञासा समेत मेटाए ।