लकडाउनका कारण बन्द ‘गो कार्ट’ स्वास्थ्य प्रोटोकल पालना गरेर सन्चालन


नेपालगन्ज, ३ असोज : लकडाउनका कारण लामो समयदेखि बन्द रहेको ‘गो कार्ट’ खुलेको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको बिनि फिटनेशको कम्पाउण्ड भाडामा लिएर ‘गो कार्ट’ सन्चालन भइरहेको छ ।

सन्चालक गिरिधर गौतमका अनुसार, स्वास्थ्य प्रोटोकल पालना गरेर गोकार्ट सन्चालन गरिने छ ।

झण्डै अढाई समय मिटरको ट्रयाक तयार गरिएको छ भने सुरक्षाका लागि ट्रयाक वपरपर दर्जनौ टायर राखिएको छ । ‘यहाँका लागि नौंलो खेल हो । यसलाई जतिसक्यो उति सुरक्षित बनाउनका लागि बिभिन्न उपाय अपनाएका छौं।’– गौतमले भने ।

 

प्रकाशित मितिः     ३ आश्विन २०७७, शनिबार १०:४९  |