बालगृहलाई जग्गा दिने नेपालगन्जका जयकेश सिंहलाई सरकारद्धारा जनसेवा श्री (पन्चम) सम्मान


नेपालगन्ज ३ भदौ :  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का जयकेश सिंहलाई सरकारले जनसेवा श्री (पन्चम) बाट सम्मानित गर्ने निर्णय गरेको छ ।

बाँकेमा उनी लगायत भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई विभुषित गर्ने निर्णय गरेको हो । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।


नेपालगन्जमा जनसेवा श्रीबाट सम्मान पाएका जयकेश सिंहले बालगृह निर्माणका लागि भवानीयापुरमा जग्गा दिन दिएका थिए । उनले २०६७ सालमा ४ बिगाह २ कठ्ठा जग्गा बालगृहलाई दान गरेका थिए ।

जग्गासंगै ३ हजार बिरुवा समेत दिएका थिए । उनले दिएको जग्गामा पश्चिम नेपालकै ठूलो बालगृह निर्माण भई हालसन्चालनमा छ ।

प्रकाशित मितिः     10:02:25 AM  |