५ नम्बर प्रदेश सरकारद्धारा सिद्धार्थ समूह विभूषित


नेपालगन्ज । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलाई प्रदेश नं. ५ सरकारले होटल मार्फत पर्यटन क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको भन्दै विभूषित गर्ने निर्णय गरेको छ ।

संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गर्ने क्रममा सिद्धार्थ समूहले पर्यटनक्षेत्रमा योगदान पुर्याएवापत प्रदान गरिने पुया श्री पदक दिने निर्णय गरिएको हो ।

२०५४ सालमा टिकापुरमा खाजा घरबाट सुरु भएको सिद्धार्थ होटल अहिले नेपालको स्थापित व्वसायीक समूह बनेको छ । स्थापना भएको २३ औं वर्षमा सो ग्रुपपले धेरै आरोह अवरोह पार गर्दैं यो अवस्था आइपुगेको हो ।

हस्पिटालिटी क्षेत्रमा तीव्र लगानी विस्तार गरेको सिद्धार्थ विजनेश ग्रुपले राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा २५ ओटा भन्दा बढी होटल, रिसोर्ट, कफीसप र रेष्टुरेन्टको आउटलेटहरु सञ्चालन गरिसकेको छ ग्रुपको ड्रिम प्रोजेक्ट पाँच तारे होटल अहिले भैरहवामा धमाधम निर्माण भैरहेको छ ।

गु्रपले नेपालगन्जमा १२५ वटा कोठा भएको चार तारे सिद्धार्थ होटल सञ्चालन गरिरहेको छ । योसँगै टिकापुर, सुर्खेत, कर्णाली चिसापानी, बुटवल,कुरुनिटार नजिकै होटल सहित सिद्धार्थ रिसोर्ट सञ्चालन भइरहेको छ । गु्रपले कतै होटल र कतै रिसोर्ट निर्माण गर्दै आएको छ ।
सिद्धार्थको नयाँ प्रोजेक्टको लागि जुम्ला र इलाममा आवश्यक जग्गा खरिद गरिसकेको छ ।


कोभिडको असर सकिने बित्तिकै ती दुई ठाउँमा होटल निर्माण सुरु गरिने बताइएको छ । नयाँनयाँ ठाउँमा लगानी गर्ने सोचका साथ सो ग्रपले ती ठाउँमा व्यवसाय गर्ने सोच बनाएको बताइएको छ । यस्तै गुल्मीमा ५० रोपनी क्षेत्रफलमा कफी खेति गरिरहेको छ । अहिले त्योसँगै गाई र कुखुरा समेत पालिरहेको जनाएको छ ।

होटल र रिसोर्ट चलाउँदै आएको ग्रुपको एस क्याफे समेत सञ्चालन आएको छ । हाल न्यूरोड, जमल, तिनकुने, नेपालगन्ज र कोहलपुरमा गु्रपले एस क्याफेको आउटलेट सञ्चालन गरिसकेको छ । ग्रुपले आफ्ना विभिन्न ब्रान्चहरुमा करिब १ हजार ७०० भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।

 

 

प्रकाशित मितिः     ३ आश्विन २०७७, शनिबार १२:१६  |
error: Content is protected !!